शनिबार, जेठ २, २०८३

विश्वभर थप २६ लाख जनामा कोरोना पुष्टि

विश्वभर पछिल्लो २४ घण्टामा २६ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

National life

काठमाडौं- विश्वभर पछिल्लो २४ घण्टामा २६ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा २६ लाख २५ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।

योसँगै विश्वभर कूल संक्रमितको संख्या ३७ करोड २८ लाख नाघेको छ। अवधिमा २१ लाख ७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्। र, ७ हजार ६२९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ८९ हजार भन्दाबढी, फ्रान्समा ३ लाख ३२ हजार, इटलीमा १ लाख ३७ हजार, बेलायतमा ७२ हजार संक्रमित थपिएका छन्। छिमेकी मुलुक भारतमा पनि २ लाख २९ हजारभन्दा बढी संक्रमित थपिएका छन्। र, सोही अवधिमा ८९२ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: Jan 30, 2022| 09:02 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्