आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पाटन अस्पतालको आईसीयूमा श्रीमती, ७१ वर्षीय श्रीमान पैसा अभावमा भौतारिँदै

पाटन अस्पतालको आईसीयूमा श्रीमती, ७१ वर्षीय श्रीमान पैसा अभावमा भौतारिँदै

मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्।
 |  आइतबार, माघ १६, २०७८

रासस

रासस

आइतबार, माघ १६, २०७८

मुगु- मुगुको सोरु गाउँपालिका-४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहेका छन्। 

National life

उनकी श्रीमती ५ वर्षदेखि दम रोगले थला परेकी छन्। ऋण, सापट र वृद्धभत्ता जोरजाम गरेर पहिलोपटक उपचार गर्न ललितपुरको पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा परेका हुन्।  ऋण गरी ल्याएको पैसा काठमाडौं जाँदा बाटोमै सकिएपछि  शाहीलाई श्रीमतीको उपचार गर्न मुस्किल परेको हो।  

‘पैसा छैन डाक्टरले यो औषधि किन्नुपर्यो त्यो औषधि किन्नुपर्यो भन्न थाल्छन्’, शाहीले फोनमा कुरा गर्दै भने, ‘ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔं?’

अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन्। काठमाडौं उपत्यकामा श्रीमतीको औषधि–उपचार तथा आफैंलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए। 

बिरामी श्रीमती बोकेर उनी गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगन्ज पुगेका थिए। त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए। काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुगेका हुन्।

Laxmi sunrise bank
kumari

उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए। आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ। पाटन अस्पतालको तीन तलामाथि आईसीयूमा शाहीकी श्रीमती उपचाररत छिन्। बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन्। 

काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गरिरहेका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा छन्। तर उनको पनि शाहीकै जस्तै अवस्था छ। आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन्। 

‘ऋण काढ्ने् कहीँ कतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन’, बृजनले फोनमा भने। श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौं उपचार गर्न गएका हुन्।

प्रकाशित: Jan 30, 2022| 08:15 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।