बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुलुकभर ६४ प्रतिशत धान रोपियो, सबैभन्दा बढी मध्य पहाडमा 

मुलुकभर ६४ प्रतिशत धान रोपियो, सबैभन्दा बढी मध्य पहाडमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हालसम्ममा मुलुकभर ६४.०८ प्रतिशत धान रोपिएको छ।

यो वर्ष १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ९ लाख ९४ हजार ७८९ हेक्टर जमिनमा मात्र धान रोपाई भएको कृषि प्रसार निर्देशनालयले जनाएको हो।

सबैभन्दा बढी रोपाई मध्य पहाडमा

निर्देशनालयको अनुसार सबैभन्दा बढी मध्य पहाडमा धान रोपाई भएको छ। मध्यपहाडमा ६६.९९ प्रतिशत धानको रोपिएको छ। ३ लाख ९९ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म २ लाख ६७ हजार ७२९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।

त्यस्तै दोस्रो ६३.९५ प्रतिशत धान नेपालको उच्च पहाडमा रोपिएको छ। जहाँ ५८ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने लक्ष्य राखिएकोमा ३७ हजार १८९ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ।

अहिलेसम्मा सबैभन्दा कम नेपालको तराई क्षेत्रमा ६३.०२ प्रतिशत धान रोपाई भएको छ। सबैभन्दा बढी धान रोपिने उक्त क्षेत्रमा  सरकारले १० लाख ९४ हजार ६३६ हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने लक्ष्य राखेको छ। लक्ष्य राखिए मध्ये हालसम्ममा ६ लाख ८९ हजार ८७१ हेक्टर जमिनमा मात्रै धान रोपिएको निर्देशनालयले जानकारी दिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्