बिहीबार, चैत ५, २०८२

कोरोना संक्रमण दर घट्यो, ६ हजार संक्रमणमुक्त

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

National life

यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा संक्रमण पुष्टि भएको छ। 

सो अवधिमा पाँच हजार ९२४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। २४ घण्टामा कोरोना संक्रमणबाट छ जनाको ज्यान गएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ। 

हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन्। नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हालसम्म आठ लाख ४८ हजार ३६० जना संक्रमणमुक्त भएका छन्। नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 29, 2022| 19:10 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्