शनिबार, जेठ २, २०८३

सरकारले बुस्टरर खोप 'मिक्स' गरेर दिने

सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक दिने निर्णय गरेको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- सरकारले बुस्टर खोपको मात्रा पहिले लगाएको खोपभन्दा फरक दिने निर्णय गरेको छ। डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक दिने निर्णय गरेको हो।

National life

बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन निर्देशन दिइएको छ।

विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने सरकारले निर्णय गरेको छ।



प्रकाशित: Jan 29, 2022| 07:15 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्