काठमाडौं- काठमाडौं उपत्यकामा चिसो अझै कायमै रहेको छ। मध्ये माघ भइसके पनि काठमाडौं उपत्यकामा चिसो कायमै रहेको छ।
शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।