बिहीबार, चैत ५, २०८२

सीटीईभीटीका शैक्षिक संस्था माघ १५ देखि २० गतेसम्म खुल्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शैक्षिक संस्था माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका शैक्षिक संस्था माघ १५ गतेदेखि २० गतेसम्म खुल्ने भएका छन्। 

National life

सीटीईभीटी अन्तर्गतका सम्पूर्ण आंगिक, साझेदारी र निजी स्तरामा सञ्चालित शैक्षिक संस्थाहरु खुला गरेर विद्यार्थीहरुलाई खोप लगाइने सीटीईभीटीले निर्णय गरेको हो।

सीटीईभीटीले उक्त समयमा सबै शिक्षालयहरु खोल्न र स्थानीय तह सँगको समन्वयमा स्वास्थ्य चौकीमा सम्पर्क गरी तोकिएको उमेर समूहका सबै विद्यार्थीलाई खोप लगाउने व्यावस्था गर्न सिटिईभिटी अन्तर्गतका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएको छ। सिटिइभिटीले विद्यार्थीले खोप लगाएको सूनिश्चितता गर्न र खोप लगाएको विद्यार्थीको नामनामेसी सहितको विवरण अध्यावधिक गर्न समेत सबै शिक्षण संस्थालाई भनेको छ।

यसका साथै सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै विभिन्न विकल्पबाट भए पनि पूर्व तालिका अनुसार समयमै परीक्षा सञ्चालन गर्न र नतिजा प्रकाशनको काम अगाडि बढाउन माग गर्दै प्रदेश २ मा रहेको परिषदको कार्यलय अगाडी धर्ना दिएका छन् ।

विद्यार्थीले स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न माग गरेका छन्। उनीहरुले भौतिक उपस्थितिमा सम्भव नभए होम सेन्टर राखेर अथवा अनलाइन माध्यमबाट भएपनि समयमै परीक्षा सञ्चालन गर्न माग गरेका हुन्। कोभिड १९ को तिब्र संक्रमणका बढेपछि परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै यस अघि नै सीटीईभीटीले सञ्चालनको पूर्व तयारीमा रहेका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 28, 2022| 12:45 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्