बिहीबार, चैत ५, २०८२

लोकसेवा आयोगले रोकिएका नतिजा प्रकाशन गर्ने

आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- लोकसेवा आयोगले शाखा अधिकृत लगायत यस अघि रोकिएका नतिजा केही दिन भित्रै प्रकाशन गर्ने जनाएको छ। आयोगले सर्वोच्च अदालतले कर्मचारी समायोजनको मुद्धाको रिट खारेज गरेसंगै स्थगित भएका नतिजा प्रकाशन गर्न बाटो खुलेको जनाएको हो।

National life

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले शाखा अधिकृत लगायत अन्य स्थगित भएको नतिजा केही दिन भित्रै प्रकाशन गर्ने आयोगले तयारी गरेको बताए। उनले भने, ‘नतिजा प्रकाशन गर्न बाटो खुलेपनि अझै परीक्षा सञ्चालन गर्ने विषयमा कोभिड- १९ को महामारी र  लोकसेवा आयोगको परीक्षासंग जोडिएका एकै प्रकृतिका २० वटा भन्दा बढि मुद्धा अझै टुंगो नलागेकाले परीक्षाको विषयमा भने कुनै निर्णय भएको छैन। हामी यस विषयमा रायसुझाव लिएर मात्र निर्णय गर्छौ।’

आयोगले परीक्षा सञ्चालन गर्नका लागि विज्ञापन खुलाउने विषयमा छलफल गर्दै नतिजा प्रकाशनको कामलाई अघि बढाएर रिक्त रहेका पदमा कर्मचारी पदस्थापना गर्ने जनाएको छ।

सर्वोच्च अदालतका न्यायधीशत्रय सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको पूर्ण इजलासले निवेदकहरुलाई समायोजन ऐन, २०७५ को ब्यवस्था विपरित समायोजन गरिएको भन्दै रिट निवेदन खारेज गर्ने आदेश दिएको थियो।

सर्वोच्च अदालतले त्यो ऐन संविधानसँग बाझिएको भनी दाबी नभएको अवस्थामा समायोजनलाई संविधान विपरीत भन्न नमिल्ने ठहर गरेपछी समायोजनमा परेर स्थानिय तहमा गएका कर्मचारी पनः संघमा नै फर्किन नपाउने भएका हुन्। समायोजन फिर्ताको रिट खारेज भएपछि लोक सेवा आयोगको परीक्षा दिएर बसेका परीक्षार्थीको नतिजा प्रकाशन गर्न समेत बाटो खुलेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 28, 2022| 12:15 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्