बिहीबार, असोज १५, २०८३

सुनको भाउ तोलामा ९०० रुपैयाँ घट्यो

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ। सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो। बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको भाउ पनि बिहीबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित: Jan 28, 2022| 11:20 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्