शनिबार, जेठ २, २०८३

१९ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्। त्यस्तै दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १७ वटा छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

National life

काठमाडौं- नेपालमा हाल १९ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलाली रहेका छन्।  त्यस्तै दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १७ वटा छन्।

ती जिल्लाहरु बारा,पर्सा,  महोत्तरी, सलार्ही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर हुन्। शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jan 28, 2022| 10:01 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्