शनिबार, जेठ २, २०८३

साढे दुई लाख बढीले लगाए कोरोना विरुद्धको बुस्टर डोज

स्वास्थ्य तथा जनसंखया मन्त्रालयको तथ्याँक अनुसार हालसम्म एक करोड ६४ लाख ५ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

National life

काठमाडौं- नेपालमा कोरोनाविरुद्धको अतिरिक्त खोप २ लाख ८२ हजार ७२४ जनाले लगाएका छन्। सरकारले गत माघ २ गतेदेखि फ्रन्टलाईनमा खटिनेहरुलाई अतिरिक्त मात्रा खोप दिन सुरु गरेको थियो।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयको तथ्यांक अनुसार हालसम्म एक करोड ६४ लाख ५ हजार ४७५ जनाले खोपको एक मात्रा लगाएका छन् भने एक करोड ३७ लाख ३४ हजार ३९० जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।

नेपालमा हालसम्म कूल चार करोड २० लाख ४९ हजार ६४० डोज खोप प्राप्त भएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jan 28, 2022| 09:40 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्