बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महामारीका बाबजुद सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि

महामारीका बाबजुद सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि

सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ। उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

सियोल- दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ। उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ। 

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३.८७ अर्ब वन  (करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर) पुगेको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सात अर्ब ५० करोड अमेरिकी डलरले बढी हो।

मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसुङले सबैभन्दा बढी वार्षिक बिक्री २७९.६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो। यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्याङ्कमा उल्लेख गरिएको छ। फाइलिङमा बतायो।

सामसुङले निरन्तर अनिश्चितताको बावजूद प्रतिस्पर्धी उत्पादनको कारण उच्च बिक्री गर्न सफल भएको बताएको छ। कम्पनीले आफ्नो स्मार्टफोनप्रतिको आकर्षण थप बलियो बन्दै गएको पनि दावी गरेको छ।

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भएपनि यसले थुप्रै प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ।

महामारीका कारण घरबाटै  काम गर्ने क्रम बढेसँगै सामसुङको चिप्सबाट संचालित उपकरणहरुको मागमा पनि वृद्धि भएको छ। साथै टेलिभिजन तथा वासिङ मेसिन जस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा बृद्धि भएको छ। 

तर सामसुङपछि दक्षिण कोरियाको दोस्रो ठूलो उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा २१.४ प्रतिशतले घटेको बताएको छ। एलजीले यो वर्ष चौथो त्रैमासिकमा आफ्नो मुनाफामा ६७७.७ बिलियनले वन मात्र रहेको बताएको छ। 

प्रकाशित: Jan 28, 2022| 00:30 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्