सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'अस्वस्थ' युवतीलाई पनि छाडेनन् युट्युबरले, भ्युजका लागि अर्को गलत अभ्यास!

'अस्वस्थ' युवतीलाई पनि छाडेनन् युट्युबरले, भ्युजका लागि अर्को गलत अभ्यास!

युट्युबरले तर्क गर्न सक्लान्, यो त युवतीको अनुमतिमै लिइएको 'इन्टरभ्यू' हो। तर, मानसिक रुपमा अस्वस्थ यूवती के गर्न हुने/के नहुने, त्यसको सही निर्णय गर्ने अवस्थामा पनि हुँदिनन् भन्ने सामान्य ज्ञान उनीहरुसँग हुनुपर्छ।
 |  बिहीबार, माघ १३, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, माघ १३, २०७८

काठमाडौं- करिब एक सातायता मानसिक अवस्था ठिक नभएकी भनिएकी एक युवती युट्युब र टिकटकमा खुब छाइरहेकी छिन्। ती युवतीलाई सँगै राखेर ''इन्टरभ्यू'' दिन भ्याइनभ्याइ छ, ललितपुरस्थित कुसुन्तीमा रहेको स्नेही काखकी सञ्चालिका श्रीनेहा पोखरेललाई।

National life

सातदोबाटो आसपास निर्वस्त्र अवस्थामा हिँडिरहेको सूचना पाएपछि पोखरेलले गत बिहीबार महेन्द्रनगर घर भनिएकी ती युवतीको उद्धार गरेकी थिइन्। त्यसपछि मेडिकल चेकअपका लागि अस्पतालसम्म पुर्‍याइन्। रिपोर्ट आएपछि थाहा भयो, उनमा 'सिजोफ्रेनिया' रहेछ। अर्थात्, गम्भीर प्रकृतिको मानसिक रोग। 

त्यसैले काठमाडौंका सडकमा केही दिनयता कपडा खोलेर निर्वस्त्र अवस्थामा हिँडिरहेकी थिइन् उनी। कहिले हाँस्थिन्, कहिले रुन्थिन्, त कहिले सडकमै चिच्याइरहन्थिन्। र, सडकमा उनको यस्तो असमान्य व्यवहार देखेर ट्राफिक प्रहरीदेखि सर्वसाधारणसम्म सबै खित्का छाडेर हाँस्थे। एक प्रकारले भन्दा उनी मनोरञ्जनको विषय बनाइएकी थिइन्। अस्पताल पुर्‍याउनु या उद्धार गर्नु त धेरै परको कुरा!

यही सूचना पाएपछि स्नेही काखकी श्रीनेहा पोखरेलले जसरी ती युवतीको उद्धार गरिन्, यसमानेमा धेरैले उनको असल कर्मको प्रशंसा गरेका छन्। प्रशंसनीय विषय पनि हो।

तर, सँगसँगै यतिखेर उनीमाथि तेर्सिएको अर्को गम्भीर प्रश्न चाँहि यो हो, ‘स्वास्थ्य अवस्था ठिक नभएकी एउटी यूवतीलाई सार्वजनिक रूपमा युट्युब र टिकटकमा ल्याएर भाइरल बनाउन मिल्छ?’ 

Laxmi sunrise bank
kumari

हेर्नुस् भिडियो

प्रकाशित: Jan 27, 2022| 21:38 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।