बिहीबार, चैत ५, २०८२

ओमिक्रोनको सब-भेरियन्ट बढी संक्रामक : अध्ययन

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएहो हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

कोपनहेगन- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब-भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक भएको एक अध्ययनले देखाएको छ। बीए.२ नाम दिइएको यो भेरियन्ट पछिल्लो समय डेनमार्कमा सबैभन्दा बढी संक्रामक भएको पाइएहो हो। 

National life

डेनमार्कका स्वास्थ्यमन्त्री माग्‍नुस् ह्युनाइकले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै सब-भेरियन्ट ओमिक्रोनभन्दा बढी संक्रामक भएको अध्ययनले देखाएको बताएका हुन्। 

डेनमार्कका स्वास्थ्यमन्त्रीले भने, 'यो भाइरस बढी घातक भएको भन्‍ने विषयमा अध्ययन भइरहेको छ तर, ओमिक्रोनभन्दा  संक्रामक छ।' 

ओमिक्रोन भेरियन्ट विश्‍वभरका कोरोना संक्रमितमध्ये ९८ प्रतिशतमा देखिएको बताएका छन्। तर, डेनमार्कमा भने ओमिक्रोनको सब-भेरियन्ट देखिएको छ। पहिलो संक्रमित जनवरी दोस्रो सातामा फेला परेको बताइएको छ। 

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले सब भेरियन्टको अध्ययन भइरहेको बताएको छ। प्रारम्भिक अध्ययन अनुसार ओमिक्रोनभन्दा डेढ गुणा बढी संक्रामक भएको बताइएको छ। सब-भेरियन्ट संक्रमितहरु भारतसहित बेलायत, स्विडेन, नर्वेलगायत ४० भन्दा बढी मुलुकमा फैलिएको छ। - रोयटर्स

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 28, 2022| 05:00 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्