बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • जनमतका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

जनमतका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारको निर्देशन

राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।
 |  बिहीबार, माघ १३, २०७८
nespernesper

रासस

रासस

बिहीबार, माघ १३, २०७८

vianetvianet

जनकपुरधाम- राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका विभिन्न जिल्लाका जनप्रतिनिधिको सवारी साधन तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।

Kumaribank

सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले प्रेस विज्ञप्ती जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा सतिश साहलगायतका सवारी साधन तोडफोड गरेका थिए।

साथै सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई राहत उपलब्ध गराउन एवं दोषी उपर कारबाही गर्न तालुक निकायलाई निर्देशित गरिएको बुधबार जारी विज्ञप्तीमा उल्लेख छ।

घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्नसमेत जनमत पार्टीलगायत सम्बद्ध सबैमा उनले आग्रह गरेका छन्।

Metro Mart

यसैबीच मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ।

जनमतका कार्यकर्ताहरुले किसान आन्दोलनको नाममा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

प्रकाशित: Jan 27, 2022| 07:15 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।