बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • झारखण्डका गरिबलाई पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ सहुलियत

झारखण्डका गरिबलाई पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ सहुलियत

राज्यको दुमकामा आयोजित कार्यक्रममा उनले गरिबीको रेखामुनि रहेकाहरूको परिवारका लागि पेट्रोलमा अनुदान दिने योजना सुरु भएको घोषणा गरे।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

झारखण्ड- भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनले गरिबीको रेखामुनि रहेका परिवारलाई पेट्रोलमा सहुलियत दिने योजना लन्च गरेका छन्। भारतको गणतन्त्र दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रतिमहिना १० लिटरसम्म पेट्रोलमा प्रतिलिटर २५ रुपयाँका दरले अनुदान दिने योजना मुख्यमन्त्रीले सुरु गरेका हुन्। 

राज्यको दुमकामा आयोजित कार्यक्रममा उनले गरिबीको रेखामुनि रहेकाहरूको परिवारका लागि पेट्रोलमा अनुदान दिने योजना सुरु भएको घोषणा गरे। 

पेट्रोलमा सहुलियत लिनका लागि एक लाख चार हजारले आवेदन दिइसकेका छन्। तीमध्ये ७३ हजार आवेदन स्वीकृत गरिएको मुख्यमन्त्रीले जानकारी दिए। 

लाभग्राहीले प्रतिमहिना अधिकतम २५० रुपयाँ मात्र सहुलियत पाउनेछन्। पहिलो चरणमा झारखण्डका २० लाख मानिस यसबाट लाभान्वित हुने बताइएको छ। 

सहुलियत रकम प्रत्येक महिना सम्बन्धित व्यक्तिको नाममा पठाइने व्यवस्था गरिएको बताइएको छ। 

प्रकाशित: Jan 26, 2022| 21:01 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्