बिहीबार, चैत ५, २०८२

कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ।

National life

पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो। यो हालसम्मकै उच्च सक्रिय संक्रमित संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २० हजार ३५९ नमुना परीक्षण गर्दा झन्डै साढे ८ हजार संक्रमित थपिएका छन्।

सोही अवधिमा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित: Jan 26, 2022| 16:34 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्