बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भन्सारमा ई-पेमेन्ट सुरु, अर्थमन्त्री भन्छन्- 'नयाँ युग'को सुरुवात भयो

भन्सारमा ई-पेमेन्ट सुरु, अर्थमन्त्री भन्छन्- 'नयाँ युग'को सुरुवात भयो

७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले बुधबार विद्युतीय रुपमा भन्सार महसुल तिर्न सकिने गरी विकास गरिएको प्रणालीको शुभारम्भ गरेका हुन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- भन्सार महसुलको विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणाली सुरु भएको छ। ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री जनार्दन शर्माले बुधबार विद्युतीय रुपमा भन्सार महसुल तिर्न सकिने गरी विकास गरिएको प्रणालीको शुभारम्भ गरेका हुन्।

भन्सारमा इपेमेन्ट प्रणाली सुरु भएसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन्। यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे। योसँगै भन्सारमा ‘नयाँ युग’को सुरुवात भएको पनि उनको भनाइ छ। 

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ।’ 

भन्सारविन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए। भन्सारको निरन्तर सुधार अन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको उनको भनाइ छ। 

‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ,' उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ।’ 

भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गरिनेसमेत उल्लेख गरे। 

प्रकाशित: Jan 26, 2022| 14:09 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्