बिहीबार, चैत ५, २०८२

पीसीआरको नाममा त्रिभुवन विमानस्थलमा स्वाब संकलन केन्द्रमात्रै

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन केन्द्र मात्र राख्न नदिने निर्णय गरेको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन केन्द्र मात्र राख्न नदिने निर्णय गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विमानस्थलका कोभिड–१९ परीक्षण गर्ने ल्याबहरुको अनुगमन गर्दा तीन वटा ल्याबले मात्र विमानस्थलमा मोलिकुलर ल्याब सञ्चालन गरेको पाइएको भन्दै अन्यलाई स्वाब संकलन केन्द्र मात्र राख्न नदिने बताएको हा।

अन्य ल्याबहरुले कलेक्सन सेन्टरको रुपमा मात्र सञ्चालन गरेको हुँदा तत्काल स्वाब संकलन गरेर अन्यत्र लगी परीक्षण गर्ने कार्य बन्द गर्न भनेको हो। अनुगमनका क्रममा स्टार हस्पिटल मोलिक्युलर ल्याब, सुमेरु अस्पताल प्रालि र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले मात्र मापदण्ड अनुसार स्वीकृत लिई विमानस्थलमा नै ल्याब सञ्चालन गरिरहेको पाइएको हो।

प्रकाशित: Jan 26, 2022| 12:40 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्