सोमबार, कात्तिक १०, २०८२

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मत दिएसँगै मतदान सुरु भएको हो।

Kumaribank

एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टको उम्मेदवारी छ।

नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार छन्।

सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन्।

राष्ट्रियसभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन्। २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। १९ जनाका लागि निर्वाचन हुनेछ। जसमध्ये सुदूरपश्चिमबाट तीन जना निर्वाचन हुनेछन्।

Metro Mart

प्रदेशमा मतभार यस्तो छ

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको ६७२, माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ तथा राजपा र लोसपाको ४८/४८ मतभार रहेको छ। स्थानीय तहमा भने नेपाली कांग्रेस पहिलो स्थानमा छ। स्थानीय तहमा १७५ मतदातामध्ये कांग्रेसका ७४, एमालेका ७१, माओवादीका १७ र एकीकृत समाजवादीका १३ जना छन्।

कांग्रेसको मतभार एक हजार ३३२, एमालेको एक हजार २७८, माओवादीको ३०६ र एकीकृत समाजवादीको मतभार २३४ छ। स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो देखिएको छ। 

कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा एक हजार ९०८ छ। एमालेको एक हजार ८०४ छ भने माओवादी केन्द्रको ९२७ र एकीकृत समाजवादीको ९०६ मतभार रहेको छ।

प्रकाशित: Jan 26, 2022| 10:09 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।