काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई धर्मशाला भाडामा दिने निर्णय खारेज गरेको छ। कोषले निर्णय खारेज गरेपछि बतासले धर्मशालामा सञ्चालन गरेको होटल आनन्द हटाउनुपर्ने भएको छ।
कोषले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनको सुझावअनुसार बताससँगको सम्झौता रद्द गर्ने निर्णय भएको कोषले जानकारी दिएको छ।
कोषका कोषाध्यक्ष नारायण सुवेदीले धर्मशाला भाडामा दिने निर्णय खारेज गरिएको बताए। भारत सरकारको सहयोगमा बनेको धर्मशाला २०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भाडामा दिइएको थियो।