शनिबार, जेठ २, २०८३

केयूले अतिरिक्त शुल्क फिर्ता गर्ने भएपछि मेडिकल विद्यार्थीको आन्दोलन स्थगित

काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने भएको छ। केयूले अतिरिक्त शुल्क 'सम्बन्धित विद्यार्थी'कै नाममा फिर्ता गर्ने भएपछि विद्यार्थीको आन्दोलन स्थगित भएको हो।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौँ- काठमाडौं विश्वविद्यालय (केयू)ले अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने भएको छ। केयूले अतिरिक्त शुल्क 'सम्बन्धित विद्यार्थी'कै नाममा फिर्ता गर्ने भएपछि विद्यार्थीको आन्दोलन स्थगित भएको हो। 

National life

अतिरिक्त शुल्क फिर्ताका साथै, छात्रावासलाई स्वेच्छिक गर्ने, छात्रावास र अतिरिक्त शुल्क नबुझाएबापत पठन-पाठन लगायत सुविधाबाट बञ्चित रहँदै आएका विद्यार्थीहरुलाई नि:शर्त कक्षामा सामेल गराउनेसमेत निर्णय भएपछि आन्दोलन फिर्ता भएको हो। 

नेविसंघ, अनेरावस्ववियूलगायत ८ विद्यार्थी संगठनले विश्वविद्यालयको निर्णयपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको विज्ञप्ति जारी गरेका छन्। 

सहमति कार्यन्वयन नभए पुन: सशक्त आन्दोलन गर्ने विद्यार्थीहरुको चेतावनी छ। आन्दोलनका क्रममा गिरफ्तार विद्यार्थी नेताहरुको तत्काल रिहाइ गर्न उनीहरुको माग छ। 

यसअघि चिकित्सा शिक्षा आयोगले तोकेभन्दा थप शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए। यी दुवै केयू अन्तर्गतका मेडिकल कलेज हुन्। 

प्रकाशित: Jan 25, 2022| 19:41 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्