बिहीबार, चैत ५, २०८२

त्रिविको परीक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको परीक्षा र नतिजा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभूवन विश्वविद्यालयको परीक्षा र नतिजा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्। 

National life

मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खुको अनुगमन गर्न पुगेका विश्वविद्यालयका सहकुलपतिसमेत रहेका पौडेलले परीक्षा र नतिजा प्रणालीमा सुधार गरेरै समयमै विद्यार्थीको नतिजा प्रकाशन गर्न निर्देशन दिएका हुन्।

समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुन नसकेको भन्दै विद्यार्थीले आफूसँग गुनासो गरेको बताएका मन्त्री पौडेलले ती विषयमा ध्यान केन्द्रित गर्न परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिए। 

‘नतिजा प्रकाशन नहुँदा विद्यार्थीले आयोगको परीक्षा पनि दिन नपाउने भएका छन्। फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस्,’ मन्त्री पौडेलले पनिकालाई निर्देशन दिए। 

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा निकाल्ने भनिएपनि त्रिविका एक वर्षदेखि नतिजा प्रकाशन नगरी रोकेर राखेको छ। 

Laxmi sunrise bank
kumari

परीक्षा नियन्त्रक पुष्पराज जोशीले शिक्षामन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकिएको बताएका थिए। 

मन्त्री पौडेलले देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन आफूले सरोकारवालासँग छलफल थाल्ने बताए।

परीक्षा नियन्त्रक कार्यालय बल्खुले २ सय २४ जना कर्मचारी हुनुपर्नेमा १ सय ३७ जनाले मात्र काम गरिरहेकाले समयमै नतिजा प्रकाशन गर्न नसकिएको जनाएको छ।

प्रकाशित: Jan 25, 2022| 15:34 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्