शुक्रबार, साउन १५, २०८३

सीटीईभीटीका सबै परीक्षा अनिश्चितकाललाई स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

कोभिड–१९ को तीव्र संक्रमण बढेपछि परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षाहरु स्थगित गरेको कार्यालयले जनाएको हो।

सीटीईभीटीले सञ्चालनको पूर्व तयारीमा रहेका सम्पूर्ण परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

यसका साथै सीटीईभीटीले १५ गते र २२ गते गर्न लागिएको आन्तरिक, मौका लगायतका अरु सबै परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

प्रकाशित: Jan 25, 2022| 14:50 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्