बिहीबार, चैत ५, २०८२

विद्यार्थीका लागि खोप अभियानमा सहजीकरण गर्न इकाइलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीका लागि यही माघ १५ देखि २० गतेसम्म सञ्चालन गर्न लागिएको कोभिड खोप अभियानमा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीका लागि यही माघ १५ देखि २० गतेसम्म सञ्चालन गर्न लागिएको कोभिड खोप अभियानमा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ। 

National life

नेपालमा कोभिड–१९को संक्रमण तीव्र गतिले बढेकाले सबै विद्यार्थीलाई खोप लगाउने उद्देश्यले गृह मन्त्रालयको निर्देशन अनुसार सञ्चालन गर्न लागिएको खोप अभियानमा सहजीकरण गर्न केन्द्रले निर्देशन दिएको हो। खोप अभियान सञ्चालन गर्ने विषयमा सचिवस्तरीय निर्णय भएको र सोहीअनुरुप सञ्चालन गर्न मन्त्रालयले केन्द्रलाई निर्देशन दिएको थियो।

उक्त अवधिमा खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई भनिएको छ। यसअघि माघ १५ गतेसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी खोप उपलब्ध गराउन केन्द्रले सर्कुलर जारी गरेको हो। 


प्रकाशित: Jan 25, 2022| 12:34 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्