बिहीबार, असोज १५, २०८३

सुनको मूल्य पाँच सय बढेर प्रतितोला साढे ९३ हजार

आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेर ९४ हजार पुगेको छ। हिजो प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेर ९४ हजार पुगेको छ। हिजो प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला एक हजार ३०० तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८४१ डलर आसपास कारोबार भइरहेको छ।


प्रकाशित: Jan 25, 2022| 12:20 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्