सोमबार, कात्तिक १०, २०८२

सुदूरपश्चिममा भारतबाट आएका चार जना ओमिक्रोन संक्रमित

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

धनगढी– सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि भएको छ।

Kumaribank

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का ४८ वर्षीय पुरुष तथा कञ्चनपुरको दोधाराचाँदनी वडा नम्बर २ का ४२ वर्षीय पुरुष र पुनर्वास नगरपालिका वडा नम्बर २ का २९ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो। 

एन्टीजेन पोजेटिभ देखिएका मध्ये एक सय ४६ जनाको परीक्षण गर्दा ओमिक्रोन भेटिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। भारतबाट नेपाल प्रवेश गरेकाहरुको एन्टीजेन परिक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएकाहरुमध्ये नयाँ भेरियन्ट पहिचानका लागि पुस २५ गते  जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो।

ओमिक्रोन पुष्टि भएकाको त्रिनगर हेल्थ डेस्कमा नमुना संकलन गरिएको जनाइएको छ ।


प्रकाशित: Jan 25, 2022| 11:35 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।