बिहीबार, असोज १५, २०८३

आजको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६ पैसा कायम गरेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३४ रुपैयाँ ७६ पैसा र बिक्री दर १३५ रुपैयाँ ४४ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ९ पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०७ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९ पैसा छ। 

जापानी येन १० को खरिद दर  १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८१ पैसा र बिक्री दर १८ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर १० रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: Jan 25, 2022| 06:54 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्