बुधबार, असार ३१, २०८३

सिन्धुपाल्चोकको पाँचपोखरीमा मेगाको नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउपालिकाको पाँचपोखरी वडा नं ६ को टारमा  नयाँ शाखा विस्तार गरेको छ।
 
गाउँ-गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले उक्त जिल्लाको पाँचपोखरीमा नयाँ शाखा विस्तार गरेको हो।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने बैंकका सिइओ अनुपमा खुञ्जेलीले बताइन्। मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको उनको भनाइ  छ।  

‘आकर्षक सेवा सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने छौं,’उनले भने। ‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०० वटा शाखा विस्तार गरेको छ। 

टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको बैंकको हाल देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले अहिले  शाखा विस्तारलाई तीव्रता दिइरहेको सिइओ खुञ्जेलीले जनकारी दिइन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्