बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्। 

'पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो,  मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,' विज्ञप्तिमा उल्लेख छ।

पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासङ्घले थप निर्णय लिने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ। 

प्रकाशित: Jan 24, 2022| 22:30 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्