बिहीबार, चैत ५, २०८२

ओमिक्रोनपछि अर्को भेरियन्टको जोखिम, घातक हुनेसक्ने भन्दै सावधानी अपनाउन आग्रह

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ।

National life

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताए। ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोनभन्दा घातक र जटिल प्रकृतिको पनि हुनसक्ने आवस्था रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेका हुन्। 

डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई विस्थापित गर्‍यो भनेर ढुक्क हुन नसकिने बताए। 

विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सीमित रहने तथ्य स्पष्ट भइनसकेको उनले बताए। अर्को भेरियन्ट योभन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उनको भनाई छ। उनले भने, ‘विश्वव्यापी तथ्यांकहरुले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्‍ने जुन तथ्य  । त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरेपनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरुमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ।'

डेनमार्कको पछिल्लो अध्ययन हेर्दा ओमिक्रोनको पनि सबलिनियज विकास भइसकेको भन्‍ने छ। उनले थपे, 'भाइरस निरन्तर विकास भइराख्‍ने हो। आफ्नो सर्भाइभलको लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ। त्यो हिसाबले ओमिक्रोनभन्दा पछि आउने भेरियन्ट दुईवटा प्रकारका हुनसक्छन्। एउटा यो भन्दा जटिल हुनसक्छ। कडा हुनसक्छ। अथवा यो भन्दा कमजोर हुनसक्छ। कमजोर हुँदै गयो भने त हामीले सोच्या जस्तै भयो। तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टी साथ यो पछि आउने भेरियन्ट कमजोर नै आउँछ भन्ने ग्यारेन्टी दिन सक्ने अवस्था छैन।'

Laxmi sunrise bank
kumari

त्यसकारण विश्व स्वास्थ्य संगठनले पनि यो 'एन्ड अफ प्यान्डामिक' भन्‍ने बेला नभएको बताए। उनले थपे, 'जोखिम कायम नै छ। नयाँ-नयाँ भेरियन्ट आउने जोखिम कायमै छ भनिरहेको अवस्था छ। वास्तवमा यथार्थ पनि यही नै हो। ओमिक्रोनमै गएर यो महामारी सीमित हुन्छ भन्‍ने तथ्य अझै स्पष्ट भइसकेको छैन।' 

नयाँ भेरियन्ट यो भन्दा आक्रामक भएन भने त्यसले फेरि ओमिक्रोन रिप्लेश गर्न नसक्ने भएकोले यसलाई रिप्लेश गर्न यो भन्दा आक्रामक नै आउनुपर्ने र कमजोर आयो भने त सबैले सोचेको जस्तै हुने उनले बताए। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख पौडेलले अहिले ८७ हजार जना हाराहारीमा सक्रिय संक्रमित रहँदा संस्थागत आइसोलेशनमा करिब १२ सय जनामात्र रहेको र अन्य संक्रमित घरमै आइसोलेसनमा बसिरहेको बताए। हाल दैनिक २०० जना हाराहारीको संक्रमितलाई सघन उपचार कक्षमा उपचार गर्नु परेको र त्यसमध्ये ३० देखि ४० जनालाई भेन्टिलेटर आवश्यक परेको उनले जानकारी दिए। 

यस्तै जनवरीको अन्तिम अर्थात माघको मध्यमा पुग्दा संक्रमित हुने र अस्पतालको सेवा चाहिने संक्रमितको संख्या पनि धेरै बढ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको डा. पौडेलले जानकारी दिए।

प्रकाशित: Jan 24, 2022| 18:04 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्