काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष ०७४-०७५ मा कूल बीमा शुल्क एक अर्ब ९२ लाख आर्जन गरेको छ। कम्पनीका सम्पूर्ण कर्मचारी तथा पदाधिकारीलगायत सक्रिय रुपमा खटिएको कारणले ठूलो रकम प्रिमियम संकलन गर्न सफल भएको हो।
उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्ने क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आव ०७४-०७५ मा एक अर्ब ९२ लाख वीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरेका गरे।
त्यस्तै उनले आगामी वर्षहरुमा नेपालको एक उत्कृष्ट निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई खडा गर्ने बताए।
कम्पनीको अनुसार ०७५ असार मसान्तसम्ममा कम्पनीले शाखा सञ्जाल ४२ बाट २३५ कर्मचारी संख्यामार्फत सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४