बिहीबार, असोज १५, २०८३

सेयर बजारमा पहिरो, ९९.८६ अंकले घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ। बजार मापक नेप्से परिसूचक नेप्सेमा ९९.८६ अंकले गिरावट आएको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ। बजार मापक नेप्से परिसूचक नेप्सेमा ९९.८६ अंकले गिरावट आएको हो।

हिजो आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च अंकले गिरावट आएको  छ। सोमबार कारोबारको शुरुवातदेखि उतरचढावका बीच ९९.८६ अंकले गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ६.१९ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। २२८ कम्पनी मध्ये ८ कम्पनीको सेयर मूल्य बढेको भने बाँकी कम्पनीको सेयर मूल्य गिरावट आएको छ।

सोमबार नेप्से कारोबारका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्।

सोमबार सेयर बजार उच्च अंकले घट्दा दुई कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। त्यस्तै गोर्खाज फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, ज्योति लाइफ, सानिमा जनरल इन्स्योरेन्सको मूल्य सामान्य बढेको छ। तर यता कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य सबै भन्दा बढी घटेको छ।

आज कारोबारको आधारमा ३८ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ। एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढीकोे सेयर कारोबार भएको छ।


प्रकाशित: Jan 24, 2022| 16:12 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्