बिहीबार, चैत ५, २०८२

पाल्पाका ८४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पाल्पाका ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी महामारीको चपेटमा बढी परेका छन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

पाल्पा- पाल्पाका ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी महामारीको चपेटमा बढी परेका छन्।

National life

कतिपय स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसहित अन्य स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलका अनुसार सबैभन्दा धेरै तानसेनस्थित मिसन अस्पतालका ३६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

रैनादेवी छहरा गाउँपालिकामा नौ र तानसेनस्थित पाल्पा अस्पतालमा सात स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। पूर्वखोलामा पनि सात जना स्वास्थ्यकर्मी र एक जना महिला स्वास्थ्य स्वयंसेविकामा संक्रमण  पुष्टि भएको छ।

रम्भामा एक, रामपुरमा चार, निस्दीमा तीन, तिनाउमा एक, रिब्दीकोटमा तीन जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। माथागढी गाउँपालि स्वास्थ्य शाखाका चार जना संक्रमित भएका छन्। अधिकांश खोप अभियानमा सक्रिय रहेका स्वास्थ्यकर्मी संक्रमित भएको बताइएको छ।

प्रकाशित: Jan 24, 2022| 13:36 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्