काठमाडौं- सिटिजन बैंक इन्टरनेशनललाई धितोपत्र बोर्डले एफपीओ निश्कासनको अनुमति दिएको छ।
बोर्डले सिटिजन्सलाई प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासनको अनुमति दिइएको जनाइएको छ।
सिटिजन बैंकले कुल ९ करोड २७ लाख ६५ हजार २ सय रुपैयाँ बराबरको एफपीओ निश्कासन गर्ने भएको हो। त्यस्तै बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ।
एफपीओपछि बैंकमा संस्थापक र साधारण सेयर अनुपात ५१.४९ प्रतिशत कायम हुने बैंकले जानकारी गराएको छ।
यसैबिच अहिले एनएमबी बैंकको एफपीओ बाँडफाँड भएको छ। नेपाल बैंक लिमिटेडको एफपीओ भने नबिकेको अवस्थामा सिटिजन्सले एफपीओ निस्कासन गर्न लागेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४