मंगलबार, वैशाख ९, २०८२

लिपुलेक-तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्‍न गरिने

नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्‍ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड छ। खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ।
 |  आइतबार, माघ ९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

vianetvianet

काठमाडौं- महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालु आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। व्यास गाउँपालिकाको छाङ्गरु तिंकर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो। 

triton college

सरकारले महाकाली राजमार्ग सम्पन्‍न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्‍याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो। गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शंकरप्रसाद पण्डितले बताए। यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ। झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ। उनले भने, 'त्यो खण्डबाहेक अरुतिर निर्माण सकिनेछ।'

यसको निर्माण सम्पन्‍न हुँदा व्यास गाउँपालिकाको छाङरु, तिंकर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्‍ने उनले बताए। स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ। खासगरी संघीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण संघीय बजेटबाट नै भइरहेको हो। 

अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताए। यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ। छब्बिस किमीमा अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताए। यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ। छब्बिस किमीमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताए। 

त्यसमा बीचबीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ। महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुनसक्ने उनले बताए। उनले भने, 'घोरेटोभन्दा ठ्याक्कै नजिकै वा केही तलमाथि पर्नसक्छ।' झण्डै डेढदेखि दुई मिटरसम्म लम्बाइ हुने गरी घोरेटो बाटो निर्माण अघि बढाइएको विभागले जनाएको छ। कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ। 

National life insurance

घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ। ठाउँठाउँमा पर्खाल हुनेछन् भने कतैकतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताए। कडा चट्टान भएका ठाउँमा भने एक किमी मात्रै चौडाइ हुनसक्ने उनको भनाइ छ। 

नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्‍ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड छ। खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ। दुहुँ र व्यास गरी दुवै पालिकाका केही खण्डमा सडक बनेको भए पनि दुर्गम क्षेत्रमा सडकको पहुँच छैन। उनले भने, 'सडक बन्न बाँकी दुर्गम क्षेत्रमा घोरेटोले पनि जीवन केही सजिलो बनाउन सक्छ।'

गत आवमा भारतीय सरकारले लिपुलेकसम्म सडक निर्माण सम्पन्न गरेको थियो। नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा प्रकाशन गरेको दुई वर्ष बित्यो। अहिले पनि लिपुलेक सडक सञ्जालसँग जोडिएको छैन। सरकारले गत वर्ष नै विशेष महत्व दिएर घोरेटो बाटो निर्माण सुरु गरेको थियो। महाकाली राजमार्गको निर्माण सुरु भए पनि सम्पन्न हुन केही वर्ष लाग्ने हुँदा त्यसको विकल्पका रुपमा घोरेटो बाटोको निर्माण गरिएको हो। 

गत आवमा नै अर्थ मन्त्रालयले विशेष महत्वका साथ यो बाटोका लागि रकम छुट्याएको थियो। व्यास–२ दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो निर्माणका लागि पुष्पाञ्जली रिठगडे निर्माण सेवा दार्चुलासँग ठेक्का सम्झौता गरिएको थियो। 

दार्चुला–तिंकर सडकको निर्माणमा ढिलाइ भइरहेकाले पनि घोरेटो बाटो चाँडो सम्पन्न गर्नुपर्ने स्थानीयवासी बताउँदै आएका छन्। गत कात्तिकमा प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोली स्थलगत अवलोकनका लागि पुगेको थियो। समितिले त्यस क्षेत्रमा बाटोको पहुँच नपुग्दा स्थानीयवासीलाई कठीनाइ भएको जनाएको छ। - रासस/सञ्‍चिता घिमिरे

प्रकाशित: Jan 23, 2022| 21:30 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।