आइतबार, जेठ १७, २०८३

प्रदेश १ सरकारले मुख्य राजमार्गमा सीसी क्यामेरा जोड्ने

प्रदेश १ सरकारले महेन्द्र राजमार्ग अन्तर्गत सप्तकोशीदेखि मेची पुलसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

विराटनगर- प्रदेश १ सरकारले महेन्द्र राजमार्ग अन्तर्गत सप्तकोशीदेखि मेची पुलसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगर रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ। 

National life

प्रदेशको शान्ति सुरक्षालाई ख्यालगर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जानकारी दिए। 

मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रविधिबाट निगरानी गरिने बताए। उनका अनुसार सिसी क्यामेरा जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ। 

शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनकालागि सरकारले वैज्ञानिक ढङ्गले कामगरिरहेको उनले बताए। 

प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब, अशक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानूनी सहायता केन्द्र स्थापना गरिने उनको भनाई छ। मन्त्री कार्कीले केही महिना भित्रै प्रदेशका अदालत तथा बारहरुमा प्रदेश सरकारका ऐन कानून भेट्न सकिने बताए।

Shivam cement

प्रकाशित: Jan 23, 2022| 18:00 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।