मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आईएमई र नेशनल लाइफ इन्सुरेन्सबीच 'ब्यान्कासोरेन्स' सम्झौता

ग्लोबल आईएमई र नेशनल लाइफ इन्सुरेन्सबीच 'ब्यान्कासोरेन्स' सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार ब्यान्कासोरेन्स सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमईका १३१ वटै शाखाहरुमार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
 
बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्पmत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाइबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ् सेवा, इन्टरनेट बैंकिंङ् सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुमाँझ सेवा प्रदान गर्दै आईरहेको छ।

मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट समेत रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्