बिहीबार, चैत ५, २०८२

पेटको बोसो घटाउने चार सरल व्यायाम

खानामा सलादको मात्रा बढी हुनुपर्छ। उसिनेको तरकारी, दाल आदि पनि लाभदायक हुन्छ। यससँगै शारीरिक व्यायाम प्रभावकारी हुन्छ, पेटको बोसो घटाउन।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं-  मोटोपन धेरै खानपानमा कटौती गर्छन्। तर, नियमित खानपानमा कटौती गर्दा अरू समस्या थपिन सक्छ। शरीरमा पोषणको अभाव हुनसक्छ। त्यसैले साँझ बिहानको खाना कटौती गर्नु त्यति उचित हुँदैन। बरु एकै पटकमा धेरै खाने, मसलेदार खाने, चिल्लोचाप्लो खाने बानी भने त्याग्नुपर्छ। 

National life

खानामा सलादको मात्रा बढी हुनुपर्छ। उसिनेको तरकारी, दाल आदि पनि लाभदायक हुन्छ। यससँगै शारीरिक व्यायाम प्रभावकारी हुन्छ, पेटको बोसो घटाउन।

योगका विभिन्न आसन, व्यायाम आदिबाट पेटको बोसो घटाउन सकिन्छ। यी व्यायाम सामान्यत आफ्नै ढंगले घरमै गर्न सकिन्छ। यदि कुनै शारीरिक समस्या छ भने चिकित्सकको परामर्श लिनैपर्छ। साथै, प्रशिक्षकको मद्दत पनि लिनुपर्ने हुन्छ। आफूखुसी गर्दा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ। अर्को महत्वपूर्ण कुरा, योग वा व्यायाम जबर्जस्ती गर्नु हुँदैन।

पुलअप

यो आफैँमा एक सम्पूर्ण व्यायाम हो। पुलअप्स गर्दा शरीरको हरेक हिस्सामा दबाब पर्छ र सबै मांसपेसीहरू तन्किन्छन् यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ।

Laxmi sunrise bank
kumari

पुल अप गर्नको लागि पुलअप गर्न बनाइएको रडमा समातेर झुण्डिनुपर्छ। हत्केला अगाडि बनाउने र हत्केलामा काँध र पाखुराको बल लगाएर पूरै शरीरलाई माथितिर खिच्नुपर्छ। दुई सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउने र फेरिमाथि खिच्नुपर्छ।

पुसअप

पुसअपको खास कुरा के छ भने यसको लागि कुनै मेसिनको आवश्यकता पर्दैन। जहिले पनि र जहाँ पनि पुसअप गर्न सकिन्छ। सुरुवातामा समस्या हुन्छ भने जबरजस्ती नगरौं। बरु सुरुमा जम्मा ४-५ पुसअप मात्रै गरौं । बिस्तारै यसलाई बढाएर ३० देखि ५० पटकसम्म गर्न सकिन्छ।

पुसअप गर्नको लागि सबैभन्दा पहिले जमिनमा म्याट ओछ्याउने र पेटको बलले सुत्नुपर्छ। त्यसपछि आफ्नो पूरा शरीरको भार हत्केलामा र पन्जामा राख्नुपर्छ। हात सिधा राखेर शरीरलाई माथि उठाउने।

यो स्थितिमा शरीर एकदम सिधा हुनुपर्छ। आफ्नो हातलाई पनि समानान्तर राख्नुपर्छ। तल आउँदा सासभित्र खिच्ने  र गर्धन हल्कामाथि राख्नुपर्छ। पूरै ध्यान छातीमा लगाउनुपर्छ।

जब छातीले हल्का जमिनलाई छुन्छ त्यतिखेर सास छोड्दै माथितिर आउनुपर्छ। तल आरामसँग आउने र माथि थोरै तीव्र रुपमा जानुपर्छ।

उठबस

कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने शानदार तरिका हो उठबस अर्थात् स्क्वाट। यसका लागि दुवै हात अगाडि तर्फ राख्नुपर्छ। सिधा उभिने र छाती थोरै बाहिर निकाल्नुपर्छ।

आफ्नो घुँडालाई मोड्दै यसरी बस्नुपर्छ जसरी तपाईं कुर्सीमा बस्नुहुन्छ। आफ्नो घुँडालाई पन्जाको समानान्तर नै राख्नुपर्छ।

त्यतिखेरसम्म तल झुक्नुपर्छ जतिखेरसम्म जाँघ जमिनको समानान्तर नहोस्। माथि आउँदा सास छोड्नुपर्छ। यो धेरै सजिलो छ र सजिलोसँग गर्न पनि सकिन्छ।

प्लेक एक्सरसाइज

प्लेक पनि कैयौं किसिमका हुन्छन्। यसलाई पनि सजिलै गर्न सकिन्छ र जहाँ पनि गर्न सकिन्छ। प्लेक गर्नको लागि पेटको बलमा जमिनामा सुत्नुपर्छ र टाउकोलाई जमिनमा छुन दिनुपर्छ। 

अब शरीरको माथिल्लो भाग कुहिनोको भरमा जमिनबाट माथि उठाउनुपर्छ। खुट्टालाई पञ्जाको बलमा टिकाउनुपर्छ र फेरि आफ्नो पेट वा जाँघलाई माथितर्फ उठाउने कोसिस गर्नुपर्छ। २० देखि ३० सेकेण्ड यसै स्थितिमा रहने र फेरि सामान्य हुनुपर्छ। यसलाई दुईदेखि तीनपटक गर्न सकिन्छ।

प्रकाशित: Jan 23, 2022| 05:30 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्