मंगलबार, असार ३०, २०८३

सनराइज बैंकको पाशुपत क्षेत्रमा ४ नयाँ काउण्टर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सनराइज बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा पाशुपत क्षेत्रमा ४ वटा नयाँ काउण्टर शुरुवात गरेको छ। बैंकले तिलगंगा, वत्सलेश्वरी, महास्नान घर अगाडी र गुहेश्वरीमा पर्यटक प्रवेशमा आफ्नो काउण्टर सञ्चालनमा ल्याएको हो।
 
उक्त काउण्टरको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य ज्योतिकुमार बेगानी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले संयुक्त रुपमा गरेका थिए। 

विभिन्न मुलुकहरुबाट भ्रमणका लागि पाशुपत क्षेत्रमा आउने गैर हिन्दु पर्यटकहरुलाई दिईने प्रवेशाज्ञा वापत बिक्रि गरिने पर्यटक प्रवेश शुल्कलाई समयानुकुल बैंकिङ्ग प्रणालीमार्फत् टिकट विक्री गरी पर्यटक प्रवेशको वस्थापन प्रयोजनार्थ उक्त काउण्टरहरु सञ्चालनमा ल्याएको बैंकको भनाइ छ।
 
मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्वेश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १०० वटा एटिएममार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्