आइतबार, जेठ १७, २०८३

विराट राजाको दरबार उत्खनन्

मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ। पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

विराटनगर- मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ। पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ।

National life

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन् कामको सुरुआतपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खनन्‌को काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिनुभएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ। 

सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए। उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन् गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरेका छन्।

उत्खनन् गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ। त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ।

मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लागेका स्थानीय नवकिशोर यादवले बताए। उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किमी उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए। उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए। 

Shivam cement

विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए। 

सरकारी पहुँच नभएर यसको प्रचार, प्रसार एवं उत्खननबाट वास्तविक पहिचान हुन नसकेको यो क्षेत्रमा प्रदेश नं २ को तत्कालीन प्रदेश प्रमुख डा राजेश झा, प्रदेश नं १ को तत्कालीन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले निरीक्षण एवं अवलोकन भइसकेको यो क्षेत्रको थोरै विकासमा विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति मोरङले मद्दत गरेको स्थानीय युवा मुकेश यादवले बताए। 

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, 'झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो।'

प्रकाशित: Jan 22, 2022| 22:45 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।