बिहीबार, चैत ५, २०८२

२४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।

National life

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो। १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार ३१२ र पाँच हजार ७२५ नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो।

यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ। बुधबार ५२.६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो।

पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन्। हरेक जिल्लामा संक्रमण देखिएको छ भने १५ जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 22, 2022| 16:53 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्