शनिबार, जेठ २, २०८३

विश्वभर थपिए ३६ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर थप ३६ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार नयाँ संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं- विश्वभर थप ३६ लाख ३१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।  पछिल्लो २४ घण्टामा ३६ लाख ३१ हजार नयाँ संक्रमित थपिएको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ।

National life

यससँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या ३४ करोड ६७ लाख ८५ हजार ३ सय ८१ पुगेको छ। यस्तै २४ घण्टामा १६ लाख ३५ हजार ५ सय ७६ जनाले कोरोना जितेका छन्।

अझै पनि विश्वभर ६ करोड ४६ लाख सक्रिय संक्रमित रहेका छन्। संक्रमित त्यसमध्ये ९५ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ।

यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको कूल संख्या ५६ लाख नाघेको छ। गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो।

अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ लाख ७ हजार ५ सय १२ जनाको मृत्यु भएको छ। त्यहाँ गत २४ घण्टामा मात्रै २ हजार ६ सय ४६ जनाको मृत्यु भएको छ।

अमेरिकापछि कोरोनाले मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा धेरै छ। ब्राजिलमा गत २४ घण्टामा ३ सय ९६ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ६ लाख २२ हजार ६ सय ४७ पुगेको छ।

ब्राजिलपछि सबैभन्दा बढी मृत्यु भएको भारतमा मृतकको संख्या ४ लाख ८ हजार ९ सय ११ पुगेको छ। भारतमा गत २४ घण्टामा ४ सय ८९ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jan 22, 2022| 07:57 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्