काठमाडौं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा ८.०५ अंकले गिरावट आएको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक राताम्य हुँदा नेप्से बजार ८.०५ अंकले घटेर १ हजार २०४.३१ विन्दुमा पुगेको छ।
सोमबार नेप्से परिसूचक बढेको थियो। परिसूचक १२.२७ अंकले बढेर १ हजार २१२.३६ विन्दुमार पुगेको थियो।
‘क’ वर्गको कम्पनी मापन गर्ने सेन्सेटीभ इण्डेक्स पनि १.५८ प्रतिशत घटेर २५३.६२ विन्दुमा पुगेको छ।
सेयर बजारमा आएका १५२ कम्पीहरुको २ हजार ६६० शेयर ५ लाख १४ हजार १६१ पटक शेयर खरिद बिक्री भएको छ। उक्त खरिदबिक्रीबाट २० करोड ६० लाख ८८ हजार १३१ रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
शेयर बजारमा आएका ११ समूह आएकोमा ३ समूहबाहेक सबै समूहको परिसूचक रातो भएका छन्। जसमा सबैभन्दा बढी नन लाइफ इन्सोरेन्स समूहको परिसूचक ८७.६७, लाईफ इन्सोरेन्सको ७४.११, होटेल समूहको परिसूचक ५३.११ अंकले घटेको छ।
सबैभन्दा कम बैंकिङ समूहको परिसूचक ४.७७ अंक घटेको छ। यस्तै सबैभन्दा बढी अन्य समूहको परिसूचक ४.९५ अंक बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४