बिहीबार, चैत ५, २०८२

कोरोना अपडेट : सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस अवधिमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National life

पछिल्लो २४ घण्टामा १८ हजार ६१८ जनाको पीसीआर परीक्षण र चार हजार ४७४ जनाको एन्टिजेन गरी २३ हजार ९२ जनाको परीक्षण गरिएको थियो। संक्रमितमध्ये ७६६ जना कोरोनामुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ।

१५ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। ती जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन्। पछिल्लो २४ घण्टामा ३ तीन लाख सात हजार ४०१ जनालाई कोरोना खोप लगाइएको छ।

संक्रमितमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा र १६४० जना होम संस्थागत आइसोलेसनमा छन्। यस्तै १९४ जनाको आईसीयूमा उपचार भइरहेको छ भने ३५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ।


प्रकाशित: Jan 21, 2022| 18:03 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्