बिहीबार, चैत ५, २०८२

शिक्षक सेवाका आयोगको विज्ञापनमा दुई लाखभन्दा बढीको आवेदन

शिक्षक सेवा आयोगले स्थायी शिक्षक नियुक्तिका लागि खुलाएको विज्ञापनमा दुई लाखभन्दा बढीले आवेदन दिएका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगले स्थायी शिक्षक नियुक्तिका लागि खुलाएको विज्ञापनमा दुई लाखभन्दा बढीले आवेदन दिएका छन्।

National life

आयोगले प्रावि, निमावि र माविको विज्ञापनमा माघ ७ गतेसम्म आवेदन दिनेको संख्या २ लाख ९ हजार ७४० पुगेको जनाएको हो। शिक्षक दरबन्दीका लागि आवेदन दिने उम्मेदवारबाट २० करोडभन्दा बढी राजस्व संकलन भएको छ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले दिएको जानकारी अनुसार माध्यमिक तहमा ३६ हजार ४३२ जना, निम्न माध्यमिक तहमा ८४ हजार ५९ जना र प्राथमिक तहमा ८९ हजार २५९ जनाले आवेदन दिएका छन्।

माध्यमिक तहमा आवेदन भर्ने म्याद माघ १ गते सकिए पनि दोब्बर दस्तुर बुझाएर माघ ८ गतेसम्म आवेदन दिन सकिने भएकाले यो संख्यामा अझै थप हुने आयोगले जनाएको छ।

यस्तै निमावि तहमा माघ ६ गतेसम्म आवेदन भर्ने म्याद तोकिए पनि दोब्बर दस्तुर बुझाउनेहरूले माघ १३ गतेसम्म आवेदन दिनसक्नेछन्। प्राथमिक तहमा भने माघ १३ गतेसम्म सिङ्गल दस्तुरमा र दोब्बर दस्तुर बुझाएर माघ २० गतेसम्म आवेदन फाराम बुझाउन पाउने भएकाले यो संख्या अझै बढ्ने आयोगले जनाएको छ।

Laxmi sunrise bank
kumari

आयोगले माध्यमिक तहमा  १ हजार ५५२ निम्न माध्यमिक तहमा २ हजार ६०६ र प्राथमिक तहमा १३ हजार २९७ रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। 

यसअघि आयोगले खुलाएको विज्ञापनमा माध्यमिक तहमा करिब ६० हजार, निम्न माध्यमिक तहमा करिब ८० हजार र प्राथमिक तहमा करिब एक लाख १५ हजार जनाको आवेदन परेको थियो ।

आयोगले विगतमा एकै व्यक्तिले धेरै प्रदेश वा क्षेत्रबाट फाराम भर्ने गरेको भए पनि यस पटकबाट भने एक व्यक्ति एक प्रदेशको व्यवस्था भएकाले आवेदकको संख्या यकिन गर्न सजिलो हुने जनाएको छ। आवेदन दिनका लागि माध्यमिक तहमा एक हजार, निम्न माध्यमिक तहमा सात सय र प्राथमिक तहमा पाँच सय रुपैयाँ कायम गरिएको छ। यस पटक परीक्षार्थीले अनलाइन माध्यमबाट फाराम भरेका छन्।

प्रकाशित: Jan 21, 2022| 13:28 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्