बिहीबार, चैत ५, २०८२

नेपालले पोषणमा हासिल गरेको उपलब्धि कोभिडले गर्दा जोखिममा : युनिसेफ

युनिसेफले जारी गरेको मातृ तथा बाल 'पोषण जर्नल'को विशेषांकअनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धि कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- युनिसेफले जारी गरेको मातृ तथा बाल 'पोषण जर्नल'को विशेषांकअनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेको उपलब्धि कोभिड १९ महामारीले गर्दा जोखिममा परेको छ। 

National life

सूचकहरू अनुसार कोभिड-१९ महामारीले गर्दा यो अवस्था अझै बिग्रने सम्भावनासमेत रहेको छ। 

सन् १९९६ र २०१६ को अन्तरालमा नेपालको प्रारम्भिक स्तनपानको दर १८ प्रतिशतबाट ५६ प्रतिशत पुगेको थियो। शिशुलाई पुरक खाना खुवाउने दर ५४ प्रतिशतबाट ७७ प्रतिशत पुगेको थियो। 

यस्तै महिलाहरूले गर्भावस्थामा पर्याप्त मात्रामा आइरन र फोलिक एसिड चक्कीको सेवन गर्ने दर सन् २००१ मा ६ प्रतिशतबाट सन् २०१६ मा ७१ प्रतिशत पुगेको थियो।

विशेषांकअनुसार नेपालमा सरकारको प्रगतिशील क्रियाकलापहरूले गर्दा नै पोषणको क्षेत्रमा यस्ता महत्त्वपूर्ण सफलताहरू प्राप्त भएका हुन्। तर अहिले कोभिड महामारीले गर्दा महिला र बालबालिकाको पोषण वृत्ति विकास प्रभावित बनेको छ। 

Laxmi sunrise bank
kumari

विगत तीन दशकमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर युनिसेफले 'मातृ तथा बाल पोषण'को विशेषाङ्क सार्वजनिक गरेको हो।

प्रकाशित: Jan 21, 2022| 13:16 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्