बिहीबार, चैत ५, २०८२

न्यूनतम पारिश्रमिकभन्दा कममा स्वास्थ्यकर्मीलाई काम नगराउनु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा काममा नलगाउन निर्देशन दिएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलबमा काममा नलगाउन निर्देशन दिएको छ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन्। विज्ञप्तिमा स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन अस्पतालहरूलाई अनुरोध गरिएको छ।
 
कोरोना महामारीको रोकथाम, निदान तथा बिरामीको उपचार व्यवस्थापनमा पुर्‍याएको योगदानप्रति सबै अस्पताल, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको प्रशंसा मन्त्रालयले गरेको छ।

प्रकाशित: Jan 22, 2022| 06:30 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्