आइतबार, साउन ३१, २०८३

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालयको परीक्षाका सबै कार्यक्रम स्थगन भएका छन्। परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयको परीक्षाका सबै कार्यक्रम स्थगन भएका छन्। परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरिएको जानकारी दिएको छ।

परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको हो।

परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिए। यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो।

स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ। यसअघि त्रिभुवन विश्वविद्यालयलयायतले परीक्षा स्थगित गरिसकेका छन्।

प्रकाशित: Jan 21, 2022| 10:38 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।