आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बानेश्वर क्षेत्रमा मास्क नलगाई हिँड्ने आठ जना कारबाहीमा

बानेश्वर क्षेत्रमा मास्क नलगाई हिँड्ने आठ जना कारबाहीमा

कोरोना महामारीको जोखिममा स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्न थालेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- कोरोना महामारीको जोखिममा स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्न थालेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई प्रशासनले कारबाही गर्न थालेको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले मास्क नलगाउने आठ जनालाई कारबाही गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले मास्क प्रयोग नगर्ने आठ जनालाई एक सय रुपैयाँका दरले जरिवाना गरिएको बताए।

नयाँबानेश्वर, मीनभवन र बबरमहललगायत क्षेत्रमा दिउँसो अनुगमन गरेर मास्क प्रयोग नगर्ने आठ जनालाई कारबाही गरिएको उनले बताएका छन्। यस्तै सार्वजनिक स्थल तथा सवारीसाधनको पनि प्रशासनको टोलीले अनुगमन गरेको छ। 

प्रकाशित: Jan 21, 2022| 09:35 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।